कार्यदल लगत्तै गठबन्धनका शीर्ष नेताकाे बैठक बस्ने
पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बिहीबार दिउँसो ३ बजे बस्ने भएको छ । सिट बाँडफाँट गर्न बनेको कार्यदलले आजै प्रतिवेदन बुझाउने भएपछि त्यसमाथि छलफल गर्न गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो ।
‘कार्यदलको बैठक सकिएपछि शीर्ष नेताको बैठक बोलाइएको छ’, बालुवाटार स्रोतले भन्यो,‘कार्यदलले बुझाउने प्रतिवेदनमा छलफल होला ।’
यसअघि दिउँसो १ बजे बस्ने भनिएको बैठक समय परिवर्तन गरेर ३ बजेलाई सारिएको हो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पहिला दिउँसो १ बजे शीर्षको बैठक बस्ने भनिएपनि पुन समय परिवर्तन गरेर ३ बजे बस्नेगरी खवर आएको बताए ।
‘शीर्षको बैठक १ बजे भनेका थिए । सारेर फेरि ३ बजेलाई भनेर खवर आएको छ’, केसीको भनाइ छ । कार्यदलमा सहमतिका लागि समय लाग्ने भएकाले शीर्षको बैठक सारिएको हुनसक्ने अध्यक्ष केसीले बताए ।
कार्यदलको बैठक बिहीबार बिहान साढे नौ बजेदेखि बालुवाटारमा जारी छ । आजको बैठकमा माओवादीबाट कार्यदल सदस्य बनेका महासचिव देव गुरुङ र राष्ट्रिय जनमोर्चाका आनन्द शर्माले स्वास्थ्यका कारण सहभागी हुन नसकेको बताएका छन् ।
सिट बाँडफाँटमा सहमति जुटाउने अभिप्रायले बसेको बैठकमा दलका नेताहरुले नेता व्यवस्थापन गर्न कठिन हुने भन्दै धेरै सिटमा दावी नछोडेपछि सहमति जुटाउन सकस परिरहेको छ । यद्यपी आजै प्रतिवेदन तयार गरेर शीर्ष नेतालाई बुझाउने कार्यदलको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण