रिलिज भएको ३ घण्टामै लिक भयो 'ब्रह्मास्त्र'
रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ब्रह्मास्त्र शुक्रबारबाट सिनेमाघरमा रिलिज भएको छ । तर अयान मुखर्जीको फिल्म रिलिज भएको ३ घण्टामै अनलाइनमा लिक भएको छ । ४१० करोडको बजेटमा बनेको यो फिल्म धेरै पाइरेसी साइटमा एचडी क्वालिटीमा उपलब्ध छ ।
रिपोर्टका अनुसार 'ब्रह्मास्त्र' को एचडी प्रिन्ट तमिल रकर्स, मूवीरुल्ज, फिल्मिजिला, १२३ मुभिज, टोरेन्ट र टेलिग्राम जस्ता साइटहरूमा लिक भएको छ। यसले सकारात्मक समीक्षा र ठुलो अग्रिम बुकिङको बाबजुद, फिल्मको लिकले बक्स-अफिस नम्बरहरूलाई असर गर्न सक्ने चिन्ता व्यक्त गरिएको । यसका कारण फिल्मका निर्माताले ठुलो घाटा बेहोर्नु पर्ने हुनसक्छ ।
केही दिनअघि निर्माताहरूले अनलाइन पाइरेसी साइटहरू विरुद्ध दिल्ली उच्च अदालतमा याचिका दायर गरेका थिए। जसको सुनुवाइ गर्दै अदालतले त्यस्ता १८ वेबसाइटलाई प्रतिबन्ध लगाउन आदेश दिएको थियो । यति हुँदाहुँदै पनि ब्रह्मास्त्र एचडीमा लिक भयो । अनलाइनमा चलचित्र लिक भएको यो पहिलो पटक भने होइन । यसअघि आमिर खानको ‘लाल सिंह चड्ढा’, अक्षय कुमारको ‘रक्षाबन्धन’ र रणवीर कपूरको ‘शमशेरा’ जस्ता भर्खरै रिलिज भएका चलचित्रहरू पनि पाइरेसीको सिकार भएका छन् ।
‘ब्रह्मास्त्र’ ले मिश्रित प्रतिक्रिया पाएको छ । यो फिल्म रिलिज हुनुअघि नै निकै चर्चा थियो । बहिष्कार प्रवृत्ति र मिश्रित समीक्षा पछि पनि अग्रिम बुकिङमा कुनै कमी छैन। फिल्मले ठुलो अङ्कले ओपनिङ गरेको छ । फिल्मले २८.५ करोड भारुको अग्रिम बुकिङ गरेको थियो।
दैनिक भास्करबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राति टाउकोमा तेल लगाएर सुत्दा के हुन्छ ?
-
समूह एफ : नेदरल्यान्ड्स समूह विजेता, जापान उपविजेता र स्विडेन उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउटमा
-
लागू औषधको आपूर्ति सञ्जाल तोड्न गृहमन्त्रीको निर्देशन, समुदायसँग साझेदारी गरिने
-
ज्वालाले फिर्ता लिइन् सहमहामन्त्रीको उम्मेदवारी
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
तनहुँमा २७ वन्यजन्तुको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण