आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आइएमई मोटर्सद्वारा लोन मेलाको आयोजना

आइतबार, ०२ असोज २०७९, ११ : ४७
आइतबार, ०२ असोज २०७९

आइएमई मोटर्सद्वारा प्रवर्धित  अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरी लोन मेला आयोजना गर्ने भएको छ ।

काठमाडौँ, नेपालगन्ज, जीतपुर, इटहरी र बर्दिबासमा असोज २ गतेदेखि ४ गतेसम्म र बिर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा असोज ६ गतेदेखि ७ गतेसम्म गरी दुई चरणमा सम्पन्न हुनेछ । 

ग्राहक लक्षित अफरमा फाइनान्स सुबिधा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई दिँदै आइरहेको छ । साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरुमा यो सुबिधा उपलब्ध हुनेछ । नेपालभरका सम्पूर्ण शाखाहरूबाट यो सुबिधा लिन सकिने कम्पनीले जनाएको छ । मेलामा अशोक लेल्याण्ड गाडीहरुका लागि कम ब्याजदरमा अधिकतम् फाइनान्स सुविधासहित स्थलगत निर्णय गरिन्छ ।

आइएमई मोटर्सले विशेष सुविधायुक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कमर्सियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागिप्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप