आइएमई मोटर्सद्वारा लोन मेलाको आयोजना
आइएमई मोटर्सद्वारा प्रवर्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरी लोन मेला आयोजना गर्ने भएको छ ।
काठमाडौँ, नेपालगन्ज, जीतपुर, इटहरी र बर्दिबासमा असोज २ गतेदेखि ४ गतेसम्म र बिर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा असोज ६ गतेदेखि ७ गतेसम्म गरी दुई चरणमा सम्पन्न हुनेछ ।
ग्राहक लक्षित अफरमा फाइनान्स सुबिधा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई दिँदै आइरहेको छ । साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरुमा यो सुबिधा उपलब्ध हुनेछ । नेपालभरका सम्पूर्ण शाखाहरूबाट यो सुबिधा लिन सकिने कम्पनीले जनाएको छ । मेलामा अशोक लेल्याण्ड गाडीहरुका लागि कम ब्याजदरमा अधिकतम् फाइनान्स सुविधासहित स्थलगत निर्णय गरिन्छ ।
आइएमई मोटर्सले विशेष सुविधायुक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कमर्सियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागिप्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण