गठबन्धन बैठक : सिट बाँडफाँटबारे सामान्य छलफल, अर्को बैठक ४ बजे
कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेताबीचको बैठक सकिएको छ । करिव २ घण्टा बसेको बैठकमा सिट बाँडफाँडबारे सामान्य छलफल भएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
‘अहिले बाँडफाँडबारे सामान्य छलफल मात्रै भएको छ । आजै बेलुका चार बजे पुनः बैठक बसेर ठोस छलफल गर्ने सहमति भएको छ’, नेता खनालले रातोपाटीलाई बताए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु समेत सहभागी थिए । निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची सोमबार बुझाएसँगै सत्ता गठबन्धनमा रहेका दलहरु प्रत्यक्ष तर्फका उम्मेदवार छनोटमा लागेका हुन् ।
नेता खनालका अनुसार अवको एक दुई दिनभित्रै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सिट बाँडफाँट टुङ्ग्याउने गठबन्धनको तयारी छ ।
५ दलीय सत्ता गठबन्धनले साउन २० गते नै सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेपनि सहमति जुट्न सकेको थिएन । गठबन्धनमा प्रतिनिधि सभाको १६५ सिटमध्ये ९० प्रतिशतमा सहमति जुटेपनि अन्य निर्वाचन क्षेत्रका बारेमा दोहोरो र तेहरो दावी भएकाले भागबण्डामा सकस पर्दै आएको छ ।
दलहरुले सिट भागबण्डा मिलाउँदा प्रतिनिधि र प्रदेश सभा दुवैमा सन्तुलनसहित सहमति गर्ने बताउँदै आएका छन् । तर दलहरुले दावी गरेका क्षेत्र तलमाथि गर्न नेताहरु नमान्दा समस्या भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण