सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै
बुधबार, ०५ असोज २०७९, ०६ : १२
मंसिर चारमा हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बस्ने बैठकमा गठबन्धनका शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरुको पनि उपस्थिति रहने छ ।
हिजो बसेको बैठकमा प्रतिनिधिसभातर्फ १६५ मध्ये सय सिटमा सहमति जुटेको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
अन्य ६५ सिट र प्रदेशको भागबण्डाका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ । साथै नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयबारे पनि आजको बैठकमा छलफल हुने बताइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण