काठमाडौँमा चुनाव जितेकालाई ओलीको सर्टिफिकेट (फोटोफिचर)
बुधबार, ०५ पुस २०७४, १६ : ३९
काठमाडौँ । काठमाडौँ जिल्लामा वाम गठबन्धनबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा विजयी भएका उम्मेदवारहरुलाई बधाई ज्ञापन कार्यक्रमको आयोजना गरिएको छ ।
संयुक्त वाम गठबन्धन काठमाडौँद्वारा आयोजित कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी ओली, नेता माधव कुमार नेपाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । त्यस्तै, काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि कार्यक्रममा उपस्थित रहेका थिए ।
विजेताहरुलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो । वाम गठबन्धनले प्रतिनिधि सभामा काठमाडौँका १० मध्ये ६ निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ । प्रदेशसभामा भने २० मध्ये १६ सिटमा वामगठबन्धनले जित हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण