काठमाडौँमा चुनाव जितेकालाई ओलीको सर्टिफिकेट (फोटोफिचर)
बुधबार, ०५ पुस २०७४, १६ : ३९
काठमाडौँ । काठमाडौँ जिल्लामा वाम गठबन्धनबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा विजयी भएका उम्मेदवारहरुलाई बधाई ज्ञापन कार्यक्रमको आयोजना गरिएको छ ।
संयुक्त वाम गठबन्धन काठमाडौँद्वारा आयोजित कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी ओली, नेता माधव कुमार नेपाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । त्यस्तै, काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि कार्यक्रममा उपस्थित रहेका थिए ।
विजेताहरुलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो । वाम गठबन्धनले प्रतिनिधि सभामा काठमाडौँका १० मध्ये ६ निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ । प्रदेशसभामा भने २० मध्ये १६ सिटमा वामगठबन्धनले जित हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागदहमा मोटरेबल पुलको डीपीआर, नाम्दु–मार्बु–क्षेत्रपा सडक अधुरै
-
लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक हो : राष्ट्रपति
-
राप्रपा अध्यक्ष लिङदेनले गरे ८९ औँ पटक रक्तदान
-
बढ्दै नेपालबाट जुस निर्यात, भारत प्रमुख गन्तव्य
-
श्याम रिमालका तीन कविता
-
हास्य कलाकार भारती सिंह अस्पताल भर्ना