वाल्टिमोरमा नेपाली सडक महोत्सव सम्पन्न

अमेरिकाको मेरिल्याण्ड राज्यको वाल्टिमोरमा स्थापित छाता संगठन वाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)ले आयोजना गरेको नेपाली सडक महोत्सव सफलताको साथ सम्पन्न भएको छ ।
नेपालीहरुको महान चाड दसैँ तथा आउँदै गरेको तिहारको शुभ साइतको अवसरमा सम्पन्न भएको पाँचौ सडक महोत्सव विविध कार्यक्रमको साथ समापन भएको हो । कोरोना महामारीको कारण दुई वर्ष सम्म स्थगित रहेको सडक महोत्सवले सबै नेपाली समुदायलाई समेटेको थियो। त्यहाँ रहेका विभिन्न संघ-संस्थाले साथ दिएका थिए भने वाल्टिमोर काउन्टीको पनि सक्रिय भूमिका रहेको थियो ।
वाल्टिमोर काउन्टीले अहोरात्र खट्ने र सामाजिक सेवामा निःस्वार्थ आफ्नो समय खर्चिने र सामाजिक सेवामा समर्पित बानाका पदाधिकारीहरु ,कलाकार, सामाजिक अभियन्ताहरुलाई सम्मान गरेको थियो ।
हरेक वर्ष नेपालीहरुको मुख्य चाड पर्व मनाउने गरेको तर आफ्ना संस्कृतिलाई अन्य समुदाय तथा संस्कृति बोकेका समुदायलाई समेत जानकारी गराउने उदेश्यले सडक महोत्सवको आयोजना गरिएको बानाक अध्यक्ष सुबोध पन्तले बताए ।
नेपालीको पहिचानलाई कायम गर्ने समेत मुख्य ध्येयले सडक उत्सब गरिएको बानाका पूर्व अध्यक्ष कुलमणि आचार्यले बताए ।
महोत्सवमा नेपाली खानाको प्रदर्शन, झाकी, प्रदर्शनको साथै नेपालका मौलिक सांस्कृतिक नृत्य, लाखे नृत्य तथा अन्य विशेष नृत्य समेत प्रस्तुत गरिएको थियो ।
औपचारिक कार्यक्रममा नेपाली राजदूतावासका आर्थिक सल्लाहकार होमकान्त भण्डारी, महा वाणिज्यदूत प्रेम राजा महत, विदेशी अतिथि, एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्थ, डा श्याम कार्की, सामाजिक अभियन्ता प्रभु थापा,बानाकी पूर्व अध्यक्ष अनु वन्त श्रेष्ठ,मिस नेपाल नर्थ अमेरिकाका बिजेता प्रतियुशा बोहरा लगायतले शुभकामना दिनुको साथै मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लबमा आक्रमणको आरोप, गायक क्रिस ब्राउन हिरासतमा
-
गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री
-
गाजामा इजरायली आक्रमणमा मर्नेको संख्या २५० नाघ्यो
-
प्ले–अफ चरणमा पुग्न आतुर बेंगलुरु र ‘गर या मर’ को स्थितिमा रहेको कोलकाताको भिडन्त
-
आईपीएल : कुन टोलीका विदेशी खेलाडीहरु उपलब्ध छन् ? (सूचीसहित)
-
के छैन नेपालमा !