नेपाली केराले बजार पाएन
भारतीय केराका कारण नेपाली केराले बजार नपाएपछि केरा किसानहरू चिन्तित बनेका छन् । चाडबाड नजिकिँदै गर्दा नेपाली बजारमा भारतीय केरा व्यापक मात्रामा भित्रिन थालेकाले नेपाली केरा बजार पाउन छोडेपछि किसानहरूले भारतीय केरा रोक्न सरकारसँग माग गरेका छन् ।
केराले बजार नपाएपछि लगानी निकाल्न किसानहरू आफै गाउँ–गाउँमा केरा विक्री गर्न बाध्य भएको केरा किसान युवराज मौर्य बताए । बर्सेनि भारतीय केरा रोक्न पटक पटक जिल्ला प्रशासन, प्रदेश सरकार तथा नेपाल सरकारको कृषि मन्त्रालयलाई ज्ञापन पत्र मार्फत जानकारी गराउँदा समेत सरकारले बेवास्ता गरेको केरा उत्पादक संघ पश्चिम नवलपरासीका अध्यक्ष लख्खु यादवले बताए । नेपाली केराले बजार नपाएपछि किसानहरूको लागत समेत उठ्न गाह्रो भएको उनी भन्दै भारतीय केरालाई सरकारले नरोके गाडी नियन्त्रणमा लिई आन्दोलन समेतमा उत्रिने अध्यक्ष यादवको चेतावनी दिए । सरकारले भारतीय केरामा रोक लगाएन भने पूर्व पश्चिम राजमार्ग र हुलाकी राजमार्ग अवरुद्ध समेत गर्ने र सो क्षेत्रको पालिकाहरू समेतमा तालाबन्दी गर्ने अध्यक्ष यादवले चेतावनी दिए ।
खेतमा तयार भएको केरा विक्री हुन् नसकेर केरा बोटमै पाकेर कुहिन अवस्था आइसकेको भन्दै केरा किसान धीरेन्द्र गुप्ताले चिन्ता व्यक्त गरे । किसानहरू उखु खेती छाडी केरा खेती तर्फ आकर्षित छन् तर बर्सेनि यही समस्याले किसानहरू यस खेती तर्फ पनि निराश बन्दै गएका छन् ।
भारतीय केरालाई नेपाली साहुहरुले प्रति कोसा ८ रुपैयाँसम्म किन्दा नेपालमा उत्पादन भएको केरालाई ३ रुपैयाँ पनि नदिँदा आफूहरुमाथि ठुलो अन्याय भएको केरा उत्पादक संघले जनाएको छ । नेपाली केरालाई बजारमा स्थापित गराउन र उत्पादित केरालाई बजारीकरणको व्यवस्थापन समेत राज्यले ध्यान नदिएको संघको आरोप छ ।
जिल्लामा कुल १८ सय बिगाहा क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । यस पेसामा २४ सय घरधुरी आबद्ध छन् । यसरी १८ सय बिगाहामा हुने केरा खेतीबाट वार्षिक १० हजार मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण