त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सर्भिसलाई सागो प्रमाणपत्र
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को ग्राउण्ड ह्याण्डलिङले अन्तर्राष्ट्रिय मापदण्डको सागो प्रमाणपत्र प्राप्त गरेको छ । टीआईएको ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी सरकारी कम्पनी नेपाल वायुसेवा निगमले लिइरहेको छ ।
निगमले सन् २०१६ देखि ग्राण्ड ह्याण्डलिङ सर्भिसको सम्पूर्ण गतिविधिको अन्तर्राष्ट्रिय स्तरको सेवा मापन गरेको छ । सो मापनबाट निगमको सर्भिसले सागो सर्टिफाइड मान्यता प्राप्त गरेको हो ।
ग्राण्ड ह्याण्डलिङ अन्तर्गतको लोड कन्ट्रोल (एलओडी), प्यासेन्जर एण्ड ब्यागेज ह्याण्डिलिङ (पीएबी), एयरक्राफ्ट ह्याण्डलिङ एण्ड लोडिङ (एचडीएल), अर्गनाइजेशन एण्ड म्यानेजमेन्ट (ओआरएम), एयरक्राफ्ट ग्राण्ड मुभमेन्ट (एजीएम) रहेकोमा हाल निगमले कार्गो ह्याण्डलिङसहित ग्राण्ड ह्याण्डलिङका सबै क्षेत्रहरुमा सागो सर्टिफाइडको प्रमाणपत्र पाएको हो ।
सागो सर्टिफाइड, टीआइउले आवधिक रूपमा समय–समयमा हुने इन्फेक्सन र हरेक दुई–दुई वर्षमा हुने सागो अडिट बाट निर्धारित मापदण्ड पुरा गरेमा मात्र प्रदान गर्दछ । उपलब्ध सीमित पूर्वाधारका बाबजुद पनि निगमले अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराएको र यसलाई थप निरन्तर सुधार गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको दिल्लीमाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ