बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

गोकर्णेश्वरबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

बिहीबार, २८ जेठ २०८३, १५ : ३८
बिहीबार, २८ जेठ २०८३

सारांश

  • प्रहरीले काठमाडौँको गोकर्णेश्वरबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा २२ वर्षीया मिरा गुरुङ र ३६ वर्षीय रवि कुमार साह छन्।
  • उनीहरूको साथबाट ८७ ग्राम खैरो हेरोइन, दुई थान डिजिटल तराजु र ३ लाख ३१ हजार नगद बरामद गरिएको छ।

काठमाडौँ । प्रहरीले काठमाडौँको गोकर्णेश्वरबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नवलपरासीको बर्दघाट नगरपालिका–१५ घर भएकी २२ वर्षीया मिरा गुरुङ र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–७ घर भएका ३६ वर्षीय रवि कुमार साह छन्। 

उनीहरूको साथबाट ८७ ग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए। सोमबार पक्राउ परेका आरोपीहरूको साथबाट प्रहरीले दुई थान डिजिटल तराजु र ३ लाख ३१ हजार नगद पनि बरामद गरेको छ। 

उनीहरू विरूद्ध ब्युरोले लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप