नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै
नवरात्रीको आज पाँचौ दिन । आज नवदुर्गा मध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपीठमा आज दुर्गाको स्कन्दमाता स्वरूपको पूजा गरिन्छ । स्कन्द अर्थात कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो ।
स्कन्दमाताको चार हात रहेको छ । देवीको दुई हातमा कमलको फुल, काखमा बालक स्वरूपको भगवान कुमार र एउटा हात आशीर्वाद मुद्रामा रहेको छ । स्कन्दमाताको वहान सिंह रहेको छ । कमलको फुलमा बस्ने भएकीले देवीलाई पद्मासना पनि भनिन्छ ।
यस स्वरूपकी देवीलाई विशेष गरेर फलमा केरा चढाइन्छ । स्कन्दमाताको पूजा आराधना तथा ध्यान गर्नाले सांसारिक पाप तथा कष्टबाट छुट्करा मिल्ने विश्वास छ ।
नवरात्र अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यवासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीइभीटीको एकेडेमिक काउन्सिलमा ४ जना विज्ञ नियुक्त
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीको चिट
-
काठमाडौँमा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण