बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

यी हुन् कर्णालीमा माओवादीबाट प्रतिनिधिसभाका उम्मेदवार

आइतबार, २३ असोज २०७९, ११ : ०३
आइतबार, २३ असोज २०७९

कर्णालीमा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धनबाट आफ्नो भागमा परेका ५ वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम टुङ्गो लगाएको छ । प्रतिनिधिसभातर्फ जम्मा १२ सिटमध्ये माओवादीको भागमा रुकुम पश्चिम, जाजरकोट, कालिकोट, जुम्ला र हुम्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र परेको हो ।

जसअनुसार रुकुम पश्चिममा प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ र जाजरकोटमा शक्ति बस्नेत  पुनः दोहोरिएका छन् भने कालिकोटमा महेन्द्रबहादुर शाही उम्मेदवार बनेका छन् । शाही कर्णालीका पहिलो मुख्यमन्त्री हुन् । हिमाली जिल्ला हुम्लामा कार्चेन लामा उम्मेदवार बनेका छन् ।

यस्तै जुम्लामा गोवा कुँवर उम्मेदवार बनेकी छन् । यद्यपि मनऋषि धितालको नाम पनि चर्चामै रहेकाले अन्तिम निर्णय भने आउँन बाँकी रहेको माओवादी स्रोतले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप