'फ्लोर क्रस' गरेर समाजवादी रोजेका शाही एमालेबाट प्रदेश सभाको उम्मेदवार
आइतबार, २३ असोज २०७९, १९ : ०३
कर्णाली प्रदेश सरकारमा हुँदा 'फ्लोर क्रस' गरेर समाजवादी रोजेका कुर्मराज शाही एमालेबाट प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय कालिकोटमा उम्मेदवारी दर्ता गराएका हुन्।
शनिबारसम्म समाजवादीमै रहेका उनले एक्कासी एमालेबाट प्रदेश सभा (क)मा उम्मेदवारी दर्ता गराएका छन्। शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुँदा बलात्कारको आरोप समेत लागेको थियो । उनी प्रदेश सभामा हुँदा विवादित व्यक्तिको रुपमा परिचित थिए।
शाही समाजवादीको प्रदेश कमिटी उपसचिव एवं कालिकोट जिल्ला इन्चार्ज समेत हुन् । उनले रातोपाटीसँग कुरा गर्दै भने ,' हो हिजोसम्म म समाजवादीमा थिएँ, आजदेखि एमाले भएँ । यसको कुनै कारण छैन।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
-
स्पेनसँगको सबै व्यापारिक सम्बन्ध तोड्न ट्रम्पको आदेश
-
सर्भिस लेन कि पार्किङ स्पट ?
-
उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार तयार छ : प्रधानमन्त्री
-
प्रतिनिधि सभाबाट दुई विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण