रुकुम पश्चिम 'ख'का कांग्रेस उम्मेदवार ओलीविरुद्ध उजुरी
रुकुम पश्चिम (ख) बाट प्रदेश सभाका उम्मेदवार प्रेम प्रकाश ओलीविरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा परेको भन्दै उजुरी परेको छ । कांग्रेसबाट प्रदेश सभाका लागि ओलीले आइतबार मनोनयन पत्र दर्ता गराएका थिए ।
उनको विरुद्धमा धुर्वविक्रम बुढाथोकीले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा मुद्दा दायर गरेका हुन् । बुढाथोकी सोही क्षेत्रबाट माओवादीबाट प्रदेश सभाका उम्मेदवार राजकुमार शर्माका प्रतिनिधि हुन् । कांग्रेस नेता ओलीले बैंकिङ कसुर मुद्दा नं ०७६fj–०००३ मा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको तर ओलीले भुक्तान नगरेकाले अयोग्य रहेको उजुरीमा उल्लेख छ ।
गठबन्धनको भागवण्डा अनुसार सो क्षेत्रमा कांग्रेस/माओवादी भनेर नै उल्लेख गरेको थियो । यद्यपि माओवादीले आफ्नो उम्मेदवार उठाउँदा कांग्रेसले पनि ओलीलाई उम्मेदवार बनाएको थियो । ओलीलाई यस विषयमा बुझ्न खोज्दा रातोपाटीसँग भने,‘ सम्मानित सर्वोच्च अदालतमा मैले दोहो¥याई पाउँ भनेर माग गरेको छु । मैले रकम साउन महिनामा तिरिसकेको छु भने गत माघमा मुद्दा चलाइएको छ । मुद्दा नै जालसाजी तरिकाले चलाइएको छ भने गत साउनमा रकम लगेको मसँग प्रमाण छ । फैसला चाँहि भएको हो, अब के हुन्छ थाह छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी नाकाबन्दीविरुद्ध समर्थन गर्न विश्व समुदायलाई क्युबाको अपिल
-
कलाकार शारदा गिरी ‘काली बुढी’लाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ दिइने
-
अभिषेक गिरीले कसरी जोडे जताततै घरजग्गा ?
-
सुन प्रतितोला ९ सय रुपैयाँ घट्यो, चाँदी ५५ रुपैयाँ सस्तो
-
टी–२० क्रिकेटमा भारतको रनका आधारमा इतिहासकै सबैभन्दा ठुलो हार
-
फुटबल, साना देश, साँघुरो सोच र सामाजिक रूपान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण