कलाकार शारदा गिरी ‘काली बुढी’लाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ दिइने
सारांश
- कलाकार शारदा गिरीलाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ १५ हजार रुपैयाँ राशि सहित प्रदान गरिने भएको छ ।
- यसैगरी, निर्देशक एवं कलाकार विश्वदीप घिमिरेलाई पनि सोही पुरस्कार प्रदान गरिनेछ ।
- सञ्चारकर्मी कृष्ण भट्टराई, अभिनेता आर्यन सिग्देल, आशान्त शर्मा, कलाकार सरोज ओली, ललितकला कलाकार देवेन्द्र थुम्केली, छायाकार वीरेन्द्र प्रसाद भट्ट र गीत–संगीत पत्रकारितामा सक्रिय सविता पोखरेललाई पनि विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिनेछ ।
काठमाडौँ । नेपाली चलचित्र र टेलिचलचित्र क्षेत्रमा विगत चार दशकभन्दा बढी समयदेखि निरन्तर अभिनय यात्रामा सक्रिय कलाकार शारदा गिरीलाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यिक तथा सांस्कृतिक संस्था ‘परिवर्तन नेपाल’का अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले गिरीको लामो कला यात्रा र योगदानको उच्च कदर गर्दै सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि १५ हजार रुपैयाँ छ ।
कलाकार गिरीसँगै विगत अढाई दशकभन्दा बढी समयदेखि रङ्गमञ्च, चलचित्र र टेलिचलचित्रको निर्देशन तथा अभिनयमा सक्रिय रहँदै आएका निर्देशक एवं कलाकार विश्वदीप घिमिरेलाई पनि सोही पुरस्कार प्रदान गरिनेछ । पुरस्कार छनोट समितिमा शान्ति प्रिय, सुन्दर श्रेष्ठ र माधव खरेल रहेका छन् । बैठकले अन्य पुरस्कार तथा सम्मानको पनि घोषणा गरेको छ । जसअन्तर्गत सञ्चारकर्मी कृष्ण भट्टराईलाई ‘चेतन कार्की स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ ।
त्यसैगरी, परिवर्तन नेपालसँग आबद्ध रही कला यात्रा सुरु गरेका लोकप्रिय अभिनेता आर्यन सिग्देल, अभिनेता आशान्त शर्मा, कलाकार सरोज ओली र ललितकला कलाकार देवेन्द्र थुम्केलीलाई ‘परिवर्तनकर्मी विशेष सम्मान’ प्रदान गरिने भएको छ। साथै, प्राविधिकहरूको व्यावसायिक हकहितमा कार्यरत छायाकार वीरेन्द्र प्रसाद भट्ट र गीत–संगीत पत्रकारिता तथा पुरस्कार आयोजनामा सक्रिय सविता पोखरेललाई पनि ‘परिवर्तन विशेष सम्मान’ प्रदान गर्ने निर्णय गरिएको संस्थाका महासचिव देवेन्द्र पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
घोषित पुरस्कार तथा सम्मानहरू आगामी श्रावण महिनाको तेस्रो साता एक विशेष कार्यक्रमको आयोजना गरी अर्पण गरिने संस्थाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिल्याण्डमा ७ ए प्राइमरी निर्वाचन : नेपाली मूलका चापागाईं विजयी
-
नाबालिका बलात्कार र हत्याका अभियुक्तको इन्काउन्टरमा मृत्यु, प्रहरीको भूमिकामाथि प्रश्न
-
सीताको ‘सिलप्याक’ ग्यास सिलिन्डर खाली भेटिएपछि....
-
सचिव पुष्कर अनिवार्य अवकाशमा
-
राष्ट्र बैंक विधेयकमा डेढ दर्जन संशोधन : गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको प्रस्ताव
-
आन्तरिक रूपमा तयार पार्ने अनुसन्धान प्रतिवेदनहरू सार्वजनिक नगर्ने आयोगको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण