बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि

बुधबार, २४ असार २०८३, ०० : ५७
बुधबार, २४ असार २०८३

खोटाङ । दिक्तेल बजारमा आयोजित कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिताको उपाधि झापाका प्रकाशचन्द्र नेपाल ले जितेका छन्।

नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा भएको प्रतियोगितामा आठ जिल्लाका ६१ खेलाडीलाई पछि पार्दै उनले प्रथम स्थान हासिल गरे। विजेताले रु ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगितामा धनकुटाका सुमन श्रेष्ठ दोस्रो र सुनसरीका ललितबहादुर राई तेस्रो भए। उनीहरूले क्रमशः रु १५ हजार र रु १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए।

महिलातर्फ कुसुम घिसिङ, विद्यार्थीतर्फ राकेश आचार्य, खोटाङ जिल्लातर्फ मनकुमार राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकातर्फ आयुष राई, १६ वर्षमुनितर्फ अभिषेक आचार्य, १२ वर्षमुनितर्फ क्रिशल प्रधान तथा हिल च्याम्पियनतर्फ निङ्मा शेर्पा उत्कृष्ट बने।

प्रतियोगिता स्विस लिग फरम्याटमा आयोजना गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप