बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

बालेनसँग छलफल गर्न को–को जाँदैछन निजी क्षेत्रका प्रतिनिधि ?

बुधबार, २४ असार २०८३, १२ : ०४
बुधबार, २४ असार २०८३

सारांश

  • प्रधानमन्त्री वालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन प्रमुख उद्योगी तथा व्यवसायीहरूसँग आज विशेष संवाद गर्दैछन् ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने यस बैठकमा देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकारी–निजी क्षेत्रको सहकार्यका विषयमा छलफल हुनेछ ।
  • बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसहित सांसद विदुषी रानाको पनि उपस्थिति रहनेछ ।

काठमाडौँ ।  प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन प्रमुख उद्योगी तथा व्यवसायीहरूसँग आज एक विशेष संवाद गर्दैछन् । 

​प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुन लागेको उक्त उच्चस्तरीय बैठकमा देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकारी–निजी क्षेत्रको सहकार्यका विषयमा गहन छलफल हुनेछ।

​बैठकमा निजी क्षेत्रको नेतृत्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अन्जन श्रेष्ठ र एफएनसीसीआईका उद्योग समिति सभापति उज्ज्वल कुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघ (सीएनआई) का निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाल र महानिर्देशक डा.घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्रा लगायतको उपस्थिति रहनेछ।

बैठकमा सांसद विदुषी राना पनि सहभागी हुने छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप