बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साधारण संक्रमणका कारण महिलाको काट्नुपर्‌यो हात–खुट्टा, तपाईं नगर्नुहोस् यस्ता गल्ती

मङ्गलबार, २५ असोज २०७९, १० : ४२
मङ्गलबार, २५ असोज २०७९

कुनै रोग लागेको छ भने शरीरमा त्यसको लक्षण देखिन सुरु हुन्छ । तर केही रोग यस्ता हुन्छन् जसको कुनै पनि लक्षण देखिँदैन । त्यसकारण यी रोगले गम्भीर रुप लिन्छन् र कतिपटक त मानिसले आफ्नो शरीरको अंग पनि गुमाउनुपर्ने हुन्छ । आज हामी तपाईंलाई एउटी यस्ती महिलाबारे जानकारी दिँदै छौँ जसले पनि यस्तै समस्या भोग्नुपर्यो ।

सन् २०१७ मा युकेमा बस्ने किम स्मिथ नामकी महिलालाई सेप्सिक भयो जसका कारण उनले आफ्नो शरीरका चार अंग गुमाउनु परेको छ । डाक्टरले महिलाको डबल–ह्यान्ड ट्रान्सप्लान्ट गरेका छन् ।

किमले सायद सपनामा पनि सोचेकी थिइनन्, एक साधारण संक्रमणका कारण उनले आफ्नो शरीरको अंग नै गुमाउनु पर्नेछ । यो घटनाको सुरुवात स्पेनबाट भयो । केही वर्ष अघि किम छुट्टी मनाउन स्पेन गएकी थिइन् । जहाँ उनले युरिनरी ट्र्याक्ट इन्फेक्सनपछि सेप्सिसको समस्याको सामना गर्नुपर्यो ।

साउथ वेस्ट न्युज सर्भिस (एसडब्ल्यूएनएस) को एक रिपोर्ट अनुसार डाक्टरले किमलाई ९ महिनाका लागि अस्थाई कोमामा राखे । युटीआईपछि किमको शरीरमा फैलिएको सेप्सिसका कारण उनको खुट्टा र हात काट्नुपर्यो ।

यो सबै समस्या हुनु अघि किम हेयर ड्रेसरको रुपमा काम गर्ने गर्थिन् । चारै अंग खराब भएपछि किमले डबल ह्यान्ड ट्रान्सप्लान्टका लागि निकै प्रतीक्षा गर्नुपर्यो ।

लिड्स जनरल इनफरमरी, केही सिमित अस्पतालमध्ये एक हो जहाँ डबल ह्यान्ड ट्रान्सप्लान्टको यो पूरा प्रक्रियालाई निकै सफलताका साथ पूरा गरिन्छ ।

एसडब्ल्यूएनएससँग कुरा गर्दै किमले भनिन्, ‘मेरो अंग काट्नु सुनिश्चित थियो । डाक्टरले मलाई यसबारे भन्दा ‘हुन्छ, यस्तै नै ठिक होला’ भनेँ । मेरा यी अंग निकै खराब भइसकेको र अब यसलाई केही पनि गर्न सकिँदैन भन्ने मलाई राम्रोसँग थाहा थियो । डबल ह्यान्ड ट्रान्सप्लान्टपछि मैले खाना पकाउनेदेखि सबै काम गर्न पाउनेछु भन्ने आशा छ ।’

सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार विश्वभरी हरेक वर्ष लगभग १७ लाख मानिस सेप्सिसका कारण प्रभावित हुन्छन् । सेप्सिसको सुरुवात शरीरमा कुनै संक्रमणका कारण हुने गर्छ । यो सेप्सिस शरीरमा जब क्रमशः बढ्न थाल्छ तब यसले अंग फेल हुन थाल्छन् र यसैका कारण मानिसहरुको मृत्यु पनि हुनसक्छ । फोक्सो, पिसाब नली, छाला र ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याक्ट संक्रमणका कारण सेप्सिस हुने खतरा निकै धेरै हुन्छ । यदि यी सबै संक्रमणको समयमा नै उपचार गरिएन भने सेप्सिस तपाईंको शरीरमा तीब्र गतिमा फैलिन थाल्छ जसका कारण नसा खराब हुन थाल्छ र अंगले काम गर्न छोडेपछि मानिसको मृत्युसमेत हुनसक्छ ।

नेशनल इन्स्टिच्युट अफ मेडिसिनका अनुसार एक तिहाई सेप्सिसको मामिला पिसाब नलीमा संक्रमणका कारण पैदा हुने गर्छ । पिसाब नलीमा संक्रमणको समस्या टाइट कपडा लगाउँदा, बाथरुमसँग सम्बन्धित खराब बानी, यौन सम्बन्ध स्थापित गरेपछि गरिने गल्ती र डिहाइड्रेशनका कारण हुने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप