तिहारका लागि धमाधम बन्दै छन् माटाका पाला, तस्बिरहरू हेर्नुहोस्
कात्तिकको पहिलो हप्तादेखि सुरु हुने तिहारको तयारीमा भक्तपुरका प्रजापति समुदाय लागिसकेका छन् । तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले यहाँका प्रजापति समुदाय खटिइरहेका छन् ।
भक्तपुरकै अन्य स्थान बोलाछेँ, ठिमी, ब्यासीमा पनि माटोको भाँडा बनाइने भए पनि सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा पर्ने पोटरी स्क्वायरमा मानिसहरू पुग्ने गरेका छन् । तिहारका लागि अधिक माग हुने दियो र पाला बनाउनलाई अहिले यहाँका कुमालेहरू निकै व्यस्त छन् । उनीहरूका अनुसार एक जनाले तिहारको समयमा पाला बनाएर ५० देखि ६० हजार रुपैयाँसम्म कमाउन सक्छन् । त्यसैले उनीहरूको ध्यान दियो र पाला बनाउन मै केन्द्रित हुने गरेको छ ।
तिहारको समयमा माटाका पालाको व्यापार धेरै हुने गरेको छ । त्यसबाहेक पनि अम्बरा, धुपौरो, गमला, सुराई, कालिञ्चा, खुत्रुके लगायतका सामानको माग पनि बढी नै हुनेगर्छ । माटाको भाँडाको माग घटेको भन्दापनि माटो नपाउने समस्या ठूलो भएको कुमालेहरू बताउँछन् । भुक्तपुरका अधिकांश क्षेत्रमा घना वस्ती बसेसँगै माटो नपाउने समस्या आएको हो ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण