न्यायाधीश चन्द्रचूड भारतको प्रधानन्यायाधीशमा नियुक्त
सोमबार, ३१ असोज २०७९, २० : ४०
भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले न्यायाधीश डा. धनञ्जय यशवंत चन्द्रचुडलाई आगामी प्रधानन्यायाधीशमा नियुक्त गरेकी छन् । न्यायाधीश चन्द्रचूडले नोभेम्बर ९ गतेबाट कार्यभार सम्हाल्नेछन् ।
उनी भारतका ५० औँ प्रधानन्यायाधीश हुन्। वर्तमान प्रधानन्यायाधीश यूयू ललितको कार्यकाल नोभेम्बर ८ गते सकिँदैछ । न्यायाधीश चन्द्रचुडको कार्यकाल दुई वर्षको हुनेछ । उनी नोभेम्बर २०२४ सम्म प्रधानन्यायाधीशको पदमा रहनेछन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण