शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कस्तो चल्ला ‘के घर के डेरा’ ?

बिहीबार, ०३ कात्तिक २०७९, १३ : २८
बिहीबार, ०३ कात्तिक २०७९

‘के घर के डेरा’ शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको यो फिल्मको व्यवसाय कस्तो हुने हो भन्ने चिन्ता निर्माण युनिटलाई हुनु स्वभाविक हो । तर, पछिल्लो समय कमेडी जनराको फिल्मले राम्रो व्यवसाय गरेका कारण पनि यो फिल्म चल्नेमा ढुक्क देखिएका छन् निर्माण युनिट ।

फिल्मको ट्रेलर सार्वजनिक भएसँगै फिल्मको चर्चा पनि चुलिएको हो । ट्रेलरमा समेटिएको फिल्मको कमेडी पाटोले दर्शकलाई आकर्षित गर्न सफल छ ।  फिल्मका निर्देशक हुन् दीपेन्द्र के खनाल । खनालप्रति दर्शकलाई विश्वास भएकोले पनि यो फिल्म चल्ने अपेक्षा गरिएको छ । फिल्म निर्देशक दीपेन्द्र के खनाल पनि फिल्मले व्यवसाय राम्रो हुने बताउँछन् ।  तिहारको अवसर पारेर रिलिज हुन लागेको फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त जस्ता स्टार पनि छन् । जो दर्शकका मनपर्ने कलाकार पनि हुन् ।

‘के घर के डेरा’ फिल्म घरवाला र डेरावालाको कथामा निर्माण भएको हो । ‘तिहारदेखि छठसम्म एक साता लामो बिदा परेकाले पनि यो फिल्म चल्छ’ निर्देशक दीपेन्द्र भन्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप