सोल्मा विपद व्यवस्थापन कोषको मुलधन चार लाख ६१ हजार
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा विपद व्यवस्थापन कोषको मुलधन साढे चार लाख नाघेको छ । २०७५ सालमा देउसी खेलेर जम्मा भएको ४२ हजार रुपैयाँबाट स्थापना गरिएको कोषको मुलधन चार लाख ६१ हजार ३२५ रुपैयाँ पुगेको हो । तीन लाख ५० हजार मुलधन रहेको कोषमा यसपल्ट खेलिएको देउसीबाट एक लाख ११ हजार ३२५ रुपैयाँ रकम थप हुँदा मुलधन चार लाख ६१ हजार ३२५ रुपैयाँ पुगेको हो ।
प्राकृतिक तथा दैवी विपत्तिमा परेका वडाबासीको सहयोगार्थ सोल्मा विपद व्यवस्थापन कोष खडा गरिएको वडाध्यक्ष एवं कोष सञ्चालक समितिका अध्यक्ष ध्रुवविक्रम राईले बताए ।
आगलागी, बाढी पहिरो, चट्याङ, भूकम्प जस्ता प्राकृतिक प्रकोप एवं मुटु, मिर्गौला, क्यान्सर जस्ता दीर्घरोगबाट पीडित भएर समस्यामा परेका स्थानीयलाई कोषमार्फत सहयोग गर्ने गरिएको छ । देउसीको दानबाट सुरु गरिएको कोषलाई बृद्धि गर्दै ५० लाख पुर्याएर सो को ब्याजबाट प्रकोप पीडितलाई सहयोग गर्ने लक्ष्य राखिएको छ ।
हालसम्म प्राकृतिक तथा दैवी विपत्तिमा परेका अशक्तलाई एक लाख ७० हजार सहयोग गरिसकिएको कोष सञ्चालक समितिले जनाएको छ । यसपल्ट एक दिन खेलेको देउसीबाट कोषको मुलधन साढे चार लाख नाघेको हो । आगामी वर्ष दुई दिन देउसी कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता महसुस भएको वडाध्यक्ष एबं सञ्चालक समितिका अध्यक्ष राईले बताए ।
दुबै मिर्गौला फेल भएका स्थानीय राजकुमार राईलाई १० हजार, आगलागी पिडित कर्मबहादुर राईलाई ५ हजार र मिर्गौला रोगी ध्रुवबहिनी राईलाई ३ हजार प्रदान गर्दै विपद व्यवस्थापन कोष स्थापना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण