‘के घर के डेरा’ दोस्रो सातामा : कस्तो गर्दैछ व्यवसाय ?
तिहारको अवसर पारेर ४ कात्तिकबाट प्रदर्शनमा आएको फिल्म ‘के घर के डेरा’ ले दोस्रो साता पनि राम्रो व्यवसाय गर्न सफल भएको छ । पहिलो साता ३ करोड ६३ लाख बढी ब्यवसाय गरेको फिल्मले दोस्रो साताको पहिलो र दोस्रो दिन अर्थात शुक्रबार र शनिबार पनि हाउस फुलको ब्यवसाय गर्न सफल भएको छ । फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।
‘फिल्मले पहिलो सातामै लगानी उठाएको छ । दोस्रो साताको ब्यवसाय नाफाको हो’ निर्देशक खनालले भने ‘दोस्रो साताको शुक्रबार र शनिबार हाउस फुलको ब्यवसाय गरेको छ ।’ फिल्मले अझै केही साता राम्रो ब्यवसाय गर्ने उनले अनुमान लगाए ।
फिल्म रिलिज भएदेखि नै धेरै सार्वजनिक बिदा परेकोले पनि फिल्मले राम्रो ब्यवसाय गरेको बताइन्छ । काठमाडौंमा घर हुने र नहुनेहरुको समस्याको कथामा निर्माण भएको फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, अशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी लगायत कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण