आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सोमालियामा कार बम विस्फोटमा कम्तीमा १०० जनाको मृत्यु

आइतबार, १३ कात्तिक २०७९, १४ : २१
आइतबार, १३ कात्तिक २०७९

सोमालियाको राजधानी मोगादिसुमा भएका दुई कार बम विस्फोटमा कम्तीमा १०० जनाको मृत्यु भएको छ । शनिबार शिक्षा मन्त्रालय बाहिर भएको उक्त विस्फोटमा ३०० जना घाइते भएका सोमालियाका राष्ट्रपतिले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।

राष्ट्रपति हसन शेख मोहम्मदले विस्फोट स्थलको भ्रमणपछि भने, ‘विस्फोटमा बच्चाहरूलाई काखमा राखेका आमाहरू, स्वास्थ्य बुबाहरू, पढ्न पठाइएका विद्यार्थीहरू, आफ्नो परिवारको जीवनसँग संघर्ष गरिरहेका व्यवसायीहरूको दुःखद मृत्यु भएको छ ।’

आक्रमणको जिम्मा कुनै समूहले लिएको छ । तर, आक्रमणमा मुस्लिम लडाकु समुह अल सहबाबको संलग्नता रहेको राष्ट्रपतिले दाबी गरेका छन् ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप