सोमालियामा कार बम विस्फोटमा कम्तीमा १०० जनाको मृत्यु
आइतबार, १३ कात्तिक २०७९, १४ : २१
सोमालियाको राजधानी मोगादिसुमा भएका दुई कार बम विस्फोटमा कम्तीमा १०० जनाको मृत्यु भएको छ । शनिबार शिक्षा मन्त्रालय बाहिर भएको उक्त विस्फोटमा ३०० जना घाइते भएका सोमालियाका राष्ट्रपतिले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।
राष्ट्रपति हसन शेख मोहम्मदले विस्फोट स्थलको भ्रमणपछि भने, ‘विस्फोटमा बच्चाहरूलाई काखमा राखेका आमाहरू, स्वास्थ्य बुबाहरू, पढ्न पठाइएका विद्यार्थीहरू, आफ्नो परिवारको जीवनसँग संघर्ष गरिरहेका व्यवसायीहरूको दुःखद मृत्यु भएको छ ।’
आक्रमणको जिम्मा कुनै समूहले लिएको छ । तर, आक्रमणमा मुस्लिम लडाकु समुह अल सहबाबको संलग्नता रहेको राष्ट्रपतिले दाबी गरेका छन् ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण