युनिलिभरले प्रतिकित्ता १२ सय १५ रुपैयाँ लाभांश दिने
बिहीबार, १७ कात्तिक २०७९, १२ : १२
युनिलिभर नेपालले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको १७३औँ बोर्ड बैठकले आफ्ना लगानीकर्तालाई गत वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
जसअनुसार कम्पनीले आफ्ना लगानीकर्तालाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश दिने छ । नगद लाभांश घोषणा गरेसँगै कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेर प्रतिकित्ता १९ हजार रुपैयाँभन्दा माथि पुगेको छ । यसका लागि मङ्सिर ४ गतेदेखि मङ्सिर २० गतेसम्म बुक क्लोज हुनेछ । अर्थात् मङ्सिर ४ गतेसम्म कायम कम्पनीका सेयरधनीहरूले मात्रै कम्पनीको नगद लाभांश पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण