शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

युनिलिभरले प्रतिकित्ता १२ सय १५ रुपैयाँ लाभांश दिने

बिहीबार, १७ कात्तिक २०७९, १२ : १२
बिहीबार, १७ कात्तिक २०७९

युनिलिभर नेपालले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको १७३औँ बोर्ड बैठकले आफ्ना लगानीकर्तालाई गत वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

जसअनुसार कम्पनीले आफ्ना लगानीकर्तालाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश दिने छ । नगद लाभांश घोषणा गरेसँगै कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेर प्रतिकित्ता १९ हजार रुपैयाँभन्दा माथि पुगेको छ । यसका लागि मङ्सिर ४ गतेदेखि मङ्सिर २० गतेसम्म बुक क्लोज हुनेछ । अर्थात् मङ्सिर ४ गतेसम्म कायम कम्पनीका सेयरधनीहरूले मात्रै कम्पनीको नगद लाभांश पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप