पिकेद्वारा फुटबलबाट सन्यास घोषणा
स्पेनिस खेलाडी जेरार्ड पिकेले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बार्सिलोनाका ३५ वर्षीय डिफेन्डरले सामाजिक संजालमा एक भिडियो सन्देश पोस्ट गर्दै सन्यासको घोषणा गरेका हुन् ।
लामो समय देखि बार्सिलोना तथा स्पेनिस राष्ट्रिय टोलीबाट खेलेका पिकेले बार्सिलोनाको शनिबार हुने खेल आफ्नो खेल जीवनको अन्तिम खेल हुने बताए । बार्सिलोनाले शनिबार राति ला लिगामा अल्मेरियासँग खेल्दैछ । पिके लामो समय देखि बार्सिलोनाको मुख्य डिफेन्डरको भूमिका छन् ।
सन् २००८ मा प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडबाट बार्सिलोनामा आएका उनले क्लबका लागि धेरै उपाधिहरू जिताएका छन् । बार्सिलोनाका लागि उनले तीन च्याम्पियन्स लिग उपाधि जितेका छन् । उनले आठ ला लिगा उपाधिसहित क्लबका लागि ३० ट्रफी जितेका छन् ।
खेल जीवनको अन्त्य बार्सिलोनाबाट नै गर्ने बताएका पिकेले अन्तिम खेल पनि बार्सिलोनाबाट नै खेल्ने भएका हुन् । ‘बार्सिलोनाबाट नै खेल जीवनको अन्त्य हुनेछ । मैले चाहेको पनि यही हो । हालसम्मको यात्राका लागि सबैलाई धन्यवाद,’ पिकेले भनेका छन् ।
पिकेले बार्सिलोनाका लागि ६०० भन्दा बढी खेल खेलेका छन् । स्पेनका लागि १०२ खेल खेलका छन् । उनले सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । पकेले स्पेनबाट २०१२ को युरोकप र २०१० को विश्वकप जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण