जलवायु परिवर्तनबाट अर्थतन्त्रमा ७ प्रतिशतसम्म क्षति
विश्वव्यापी जलवायु परिवर्तनमा अत्यन्त न्यून मात्र भूमिका रहेको नेपालले अर्थतन्त्रमा भने नराम्रो क्षति बेहोर्नुपर्ने देखिएको छ। जलवायु परिवर्तनबाट सिर्जित जोखिमको न्यूनीकरण हुन नसके मुलुकको अर्थतन्त्र त्यसको चपेटामा पर्ने प्रक्षेपण गरिएको छ।
विश्व बैङ्कले केही समयअघि सार्वजनिक गरेको नेपालको जलवायु तथा विकाससँग सम्बन्धित प्रतिवेदनले सन् २०५० सम्म मुलुकले अर्थतन्त्रमा ७ प्रतिशतसम्म क्षति बेहोर्ने उल्लेख गरेको हो । यद्यपि यो प्रक्षेपण अत्यन्त निराशाजनक अवस्थामा हो। प्रतिवेदनअन्तर्गत जलवायु परिवर्तन र त्यसको प्रभावसम्बन्धी शीर्षकमा अर्थतन्त्रले बेहोर्ने क्षतिलाई तीन फरक तरिकाले विश्लेषण गरिएको छ, जसअनुसार आशावादी परिदृश्यमा आधार रेखाभन्दा अर्थतन्त्रले ३ प्रतिशतले क्षति बेहोर्ने अनुमान गरिएको छ। प्रतिवेदनले सन् २०२१ पछि जलवायु परिवर्तनको थप प्रभाव नहुने परिस्थितिलाई आकलन गरेर त्यसैलाई आधार रेखा मानेको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण