पिकेको बिदाइ खेलमा बार्सिलोनाको जित
आइतबार, २० कात्तिक २०७९, ०७ : ४१
रक्षक जेरार्ड पिकेको बिदाइ खेलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा अल्मेरियालाई २–० अन्तरले पराजित गरेको छ ।
घरेलु मैदान नोउ क्याम्पमा पिकेको कप्तानीमा उत्रिएको बार्सिलोनाको जितमा औसमाने डेम्बेले र फ्रान्कि डि जोङले समान एक (एक गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।
बार्सिलोनाको एकेडेमी खेलाडी पिकले म्यानचेस्टर युनाइटेडमा चार वर्ष बाहेक सबै समय क्याटलान क्लबमै व्यतीत गरेका थिए । उनले ३५ वर्षको उमेरमा अघिल्लो दिन संन्यास लिग घोषणा गरेका थिए । बार्सिलोनामा रहँदा उनले च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रेको गरि ३० उपाधि जितेका थिए ।
जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रियल मड्रिडभन्दा दुई अंक माथि रहेको छ । एक खेल कम खेलेको रियलको ३२ अंक छ । पराजित अल्मेरिया १३ खेलबाट समान अंकसहित १५औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण