आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

धुलिखेल जिपलाइनले विदेशीका लागि घटायो शुल्क

सोमबार, २१ कात्तिक २०७९, १२ : ३०
सोमबार, २१ कात्तिक २०७९

धुलिखेल जिपलाइनमा अब विदेशी पर्यटकले पनि आन्तरिक पर्यटक सरह शुल्कमा जिपलाइनको मज्जा लिन पाउने भएका छन् । यसअघि नेपाली, सार्क देशका नागरिक र अन्य देशका नागरिकका लागि ३ प्रकारको छुट्टाछुट्टै शुल्क लाग्ने गरेकोमा जिपलाइनले अब विदेशीलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लागू गर्ने निर्णय गरेको हो । 

नेपाली र अन्य सबै देशका नागरिकलाई समान आर्थिक व्यवहार गर्नका लागि यसो गरिएको धुलिखेल जिपलाइनका सिइओ भुपेश श्रेष्ठले बताए ।  यसअघि क्लासिक (साधारण) जिपलाइनको नेपालीका लागि २५ सय, सार्क देशका नागरिकका लागि ३० डलर र अन्य देशका नागरिकलाई ३५ डलर राखिएको थियो । यस्तै सुपरम्यान जिपलाइनको नेपालीका लागि ३ हजार ५ सय रूपैयाँ, सार्क देशका नागरिकका लागि ४० डलर र अन्य देशका नागरिक ३५ डलर थियो । 

यसैगरी टेन्डम (जोडी) जिपलाइनका लागि नेपालीलाई ४ हजार ५ सय रूपैयाँ, सार्क देशका नागरिकलाई ५० डलर र अन्य देशका नागरिक ६० डलर तोकिएको थियो । अब भने सबैखाले विदेशी पर्यटकहरूका लागि पनि नेपाली सरह मात्र शुल्क लागू हुनेछ । कम्पनीको यो निर्णयसँगै अब सबै देशका नागरिकले क्लासिक २५ सय, सुपरम्यान ३५ सय र टेन्डम जीपलाइन ४ हजार ५ सयमा खेल्न पाउने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप