धुलिखेल जिपलाइनले विदेशीका लागि घटायो शुल्क
धुलिखेल जिपलाइनमा अब विदेशी पर्यटकले पनि आन्तरिक पर्यटक सरह शुल्कमा जिपलाइनको मज्जा लिन पाउने भएका छन् । यसअघि नेपाली, सार्क देशका नागरिक र अन्य देशका नागरिकका लागि ३ प्रकारको छुट्टाछुट्टै शुल्क लाग्ने गरेकोमा जिपलाइनले अब विदेशीलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लागू गर्ने निर्णय गरेको हो ।
नेपाली र अन्य सबै देशका नागरिकलाई समान आर्थिक व्यवहार गर्नका लागि यसो गरिएको धुलिखेल जिपलाइनका सिइओ भुपेश श्रेष्ठले बताए । यसअघि क्लासिक (साधारण) जिपलाइनको नेपालीका लागि २५ सय, सार्क देशका नागरिकका लागि ३० डलर र अन्य देशका नागरिकलाई ३५ डलर राखिएको थियो । यस्तै सुपरम्यान जिपलाइनको नेपालीका लागि ३ हजार ५ सय रूपैयाँ, सार्क देशका नागरिकका लागि ४० डलर र अन्य देशका नागरिक ३५ डलर थियो ।
यसैगरी टेन्डम (जोडी) जिपलाइनका लागि नेपालीलाई ४ हजार ५ सय रूपैयाँ, सार्क देशका नागरिकलाई ५० डलर र अन्य देशका नागरिक ६० डलर तोकिएको थियो । अब भने सबैखाले विदेशी पर्यटकहरूका लागि पनि नेपाली सरह मात्र शुल्क लागू हुनेछ । कम्पनीको यो निर्णयसँगै अब सबै देशका नागरिकले क्लासिक २५ सय, सुपरम्यान ३५ सय र टेन्डम जीपलाइन ४ हजार ५ सयमा खेल्न पाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण