प्रशिक्षण खेलका दौरान रोहित शर्मा चोटग्रस्त
मङ्गलबार, २२ कात्तिक २०७९, ०८ : ५३
भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई प्रशिक्षणका दौरान चोटग्रस्त बनेका छन् । एडिलेडमा ब्याटिङको नेट प्रशिक्षणका दौरान उनलाई चोट लागेको हो ।
मिडिया रिपोर्टका अनुसार उनको दाहिने हातमा चोट लागेको छ । यस घटनाको एक भिडियो पनि सार्वजनिक भएको छ जसमा उनले प्रशिक्षण रोकेर मैदानको छेउमा बसेको देख्न सकिन्छ । तत्कालै मेडिकल स्टाफ आएर उनको हातलाई जाँच गरेको पनि देखिएको छ ।
उनको चोट कति गम्भीर हो भन्ने चाहिँ स्पष्ट जानकारी आएको छैन । भारतले आइतबार जिम्बाव्वेलाई हराउँदै टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले १० नोभेम्बरमा इंग्ल्याण्डको सामना गर्नेछ । भारत र इंग्ल्याण्ड दुवैले प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसैले सो खेल रोमाञ्चक हुने आकलन गरिएको छ । दोस्रो सेमिफाइनलमा न्युजिल्याण्ड र पाकिस्तान खेल्नेछन् ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण