साफ यू–१५ : भुटानमाथि नेपाललाई सहज जितको अपेक्षा
बुधबार, २३ कात्तिक २०७९, ०९ : ०५
साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बुधबार तेस्रो खेलमा भुटानसँग खेल्दैछ । ढाकामा हुने नेपाल र भुटानबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
आजको खेलमा नेपाल लगातार तेस्रो जित निकाल्दै उपाधि नजिक हुने योजनामा छ । यता भुटान प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा छ । भुटान पहिलो खेलमा नेपालसँग ७–० गोल अन्तरले हारेको थियो ।
नेपालले दोस्रो खेलमा आयोजक बंगलादेशलाई १–० ले हराएको थियो । नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थान रहेको छ ।
भुटान अंक विहीन रहँदै पुछारमा छ । नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण