साफ यू–१५ : उपाधि उचाल्ने योजनामा नेपाल
शुक्रबार, २५ कात्तिक २०७९, ०९ : ०४
बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज शुक्रबार अन्तिम खेल खेल्दैछ । डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामना गर्दैछ ।
ढाकामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेपाल उपाधि जित्ने योजनामा छ । यसअघिको तीन खेलमा नेपालले सहज जित निकालेको थियो ।
यसअघिको भेटमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो । नेपाल ३ खेलमा अपराजित रहँदै ९ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ ।
उपाधि उचाल्न नेपाललाई बंगलादेशविरुद्ध बराबरीको नतिजाले पुग्नेछ । उता बंगलादेशलाई भने जितको आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण