नेपाली बजारमा भिगार्डले ल्यायो स्मार्ट गिजर
काठमाण्डौ– जाडोयाम सुरु भएसँगै भारतीय कम्पनी स्मार्ट गिजर भिगार्डले नयाँ–नयाँ गिजरहरु बजारमा ल्याएको छ । त्रिवणी ग्रुप अन्तर्गत रहेको जीपी ट्रेडिङ् कन्सर्नले नेपाली ग्राहकहरुको उच्च मागलाई ध्यान दिँदै भिगार्ड गिजरहरु आयात गर्न सुरु गरिसकेको जनाइएको छ ।
भिगार्डले बजारमा ल्याएका गिजरहरुमा ८ वर्षको वारेन्टी हुने समेत कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाली बजारमा आएका भिगार्ड उत्पादनमा आउटर बडि र हिटिङ इलिमेन्ट आइएसआई मापदण्डमा रहेको समेत बताइएको छ ।
उक्त कम्पनीका उत्पादनमहरुमा डब्ल्यू पि.ई.आइपिसिएस जस्ता उच्च स्तरको प्रविधि प्रयोग भएको जनाइएको छ । उपभोक्ताहरुको आवश्यकतलाई मध्यनजर गर्दै कम्पनीले एक लिटरदेखि ५० लिटर सम्मको विद्युतीय गिजर बजारमा उपलब्ध गराएको कम्पनीले जनाएको छ । विशेषगरी कम्पनीले ३ प्रकारका गिजरहरु नेपाली बजारमा उपलव्ध गराएको जनाएको छ ।
जाडो महिनामा पानी तताउन प्रयोग गरिने यी तीनै प्रकारका गिजरहरुको आआफ्नै विशेषता रहेको छ । विद्युत र ग्याँस नपुगेका स्थानहरुका लागि सोलार गिजर उपयुक्त हुन्छ भने धेरै चिसो हुने, सितलहर पर्ने, घाम देख्ननै नसकिने स्थानहरुमाभने विद्युतीय गिजर नै बढी उपयोगी हुने कम्पनीको दाबी छ । त्यस्तै ग्याँस गिजर पनि विद्युत नपुगेको स्थानमा, प्रयोगका हिसाबले सहज रहेको बताइएको छ ।
गिजरमा ८ वर्ष सम्मको वारेन्टी रहेको छ । अरु ब्राण्डभन्दा केही फरक भिगार्डका गिजरहरु आकर्षक डिजाईनमा उपलब्ध हुनुका साथै गुणस्तरयुक्त रहेको कम्पनीको दाबी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
-
लुम्बिनीमा फेरियो सत्ता समीकरण : एमाले र नेकपाबिच नयाँ सरकार गठनको कसरत
-
कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने
-
ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
-
युक्रेनद्वारा क्यास्पियन सागरमा जहाजमाथि आक्रमण, रुसले भन्यो इरानमाथिको आक्रमण
-
शक्तिशाली भूकम्पमा परेर जापानमा कम्तीमा ५० जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण