कविता : बेरोजगारी
सरकारले दिएको रोजगारीको
पारिभाषा
रोजगार सिर्जना गर्न
कहाँ थियो र ?
रोजगारीको खोजिमा भौतारीएको
युवाले
विदेशमै भएपनि
थोरै रोजगारी पाएको थिए
केवल पाउन बाँकी
धेरै थिए
तर सरकार ?
म रोजगार नबन्नुमा
तिमी दोशी कि मेरो श्रम ।
मेरा हातले
बाँसका चोया खिपेर
सजाउको सामान बनाउन सक्छु
दैनिक उपभोगको सामान बनाउन सक्छु
दैनिक उपयोगिताको सामान बनाउन सक्छु
तर मेरा सामान यहाँ
अछुत हुन थाले
किन कि
मैले बनाएको सामानमा
मौलिक कला छ
अर्गानिक स्वाद छ
तर मेरो सरकार
बिदेशी सामान किन्न तल्लीन छ
त्यसैले त सरकार
म रोजगारी नबन्नुमा
म दोषी कि तिम्रा कानुन ।
मेरो देशको शहरमा
नेपाली खाना पाउनै
छाडिसक्यो
विदेशका ठुला ठुला होटलमा
गुन्द्रुक ढिँडो पाक्दैगर्दा
मेरो देशमा
पिज्जा र वर्गरले
छ्यापछ्याप्ती भएकोछ
बिहान बिहान भुटीभात खाने छोरी
बा आज म पाउरोटी खान्छु
भन्न थालेको छ
अनि सिस्नोको ठाउँ आज
मसरूम सुपले ओगट्न थालेको छ
त्यसैले सरकार
म रोजगार नबन्नुमा
मेरो देशको आयात नीति कि उत्पादन ।
हुन त म भटमाससँग
चाउचाउ साट्छु
मकैसँग चामल साट्छु
अनि कोदासँग
मदिरा साट्छु
कसैले सोधे मलाई
म त दाल भात तरकारी
खान्छु भन्छु
चामलकै भात खान्छु भन्छु
किन कि मरो देशको
शहरिया संस्कारले
कोदाको ढिडोलाई तिरस्कार गरेको छ
मकैको थ्याप्लोलाई बहिस्कार गरेको छ
भटमासका दानालाई नसामा बदलेकोछ
किन कि यहाँ
विदेशबाट मकै ल्याउनुछ
गहुँ ल्याउनुछ
चामल ल्याउनु छ
अनि देशको ढुकुटीबाट
विदेशीलाई रकम भुक्तान गर्नुछ
किन कि मेरो देशका शासक
जनता मारेर विदेशीको गुलाम बन्नुछ
तयसैले त सरकार
म रोजगार नबन्नुमा
मेरो राष्ट्रियता कि तिम्रा गुलाम नीति ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण