उदयपुरमा स्कुल बस दुर्घटना, २० जना घाइते
मङ्गलबार, २३ वैशाख २०८२, १४ : २८
उदयपुर । उदयपुरगढी गाउँपालिका–६ मवासेमा लिटिल फ्लावर्स बोर्डिङ स्कुलको बस ब्रेक फेल भएर दुर्घटना हुँदा शिक्षक र विद्यार्थी गरी २० जना घाइते भएका छन्।
नेपालटारबाट गैयातर्फ जाँदै गरेको ना ३ ख ६१९५ नम्बरको बस मदन भण्डारी लोकमार्गमा अनियन्त्रित भई दुर्घटनामा परेको हो। घाइतेमध्ये १८ जनाको जिल्ला अस्पताल उदयपुरमा उपचारपछि डिस्चार्ज गरिएको छ भने शिक्षक बेद बहादुर राईलाई धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र छात्रा प्रिन्षा परियारलाई नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सोमबार साँझको उक्त दुर्घटनापछि बस चालक बिर बहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण