मेट गाला डेब्यूमा शाहरुख खानको ड्रेस गतिलो नभएको भनेर डिजाइनरसँग रिसाए फ्यान

नयाँ दिल्ली । बलिउडका बादशाह शाहरुख खान न्यूयोर्कमा आयोजित मेट गाला २०२५ मा सहभागी भएका छन् । फ्यानहरू गालामा अभिनेताको डेब्यू लूकलाई लिएर निकै उत्साहित थिए ।
तर, उनको लुक हेरेपनि फ्यानहरू निराश देखिएका छन् । शाहरुखले प्रसिद्ध डिजाइनर सब्यसाची मुखर्जीले डिजाइन गरेको पहिरन लगाएका थिए । तर नेटिजन्सहरु सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले यो लुकलाई सरल र निराशाजनक भनेका छन् । शाहरुखको शानदार उपस्थितिले मात्र लुकलाई बचाएको नत्र मेट गाला जस्तो ठूलो मञ्चमा ड्रेस अपेक्षित नभएको धेरैको भनाइ थियो ।
डिजाइनरसँग रिसाए फ्यान
मेट गाला यसको अनौठो विषयवस्तु र शानदार फेसनको लागि परिचित छ । त्यसैले प्रशंसकहरूले शाहरुखबाट असाधारण कुराको अपेक्षा गरिरहेका थिए । तर सब्यसाचीले डिजाइन गरेको पहिरन र गहनाले धेरैलाई निराश बनायो । ‘शाहरुखको उपस्थितिको लागि १०० अंक, तर पहिरन एकदमै साधारण थियो र गहना पनि राम्रो लागेन,’ सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले लेखेका छन् ।
शाहरुखको लुकमा सबैभन्दा बढी चर्चा भएको कुरा ‘के’ लेखिएको उनको नेकलेस थियो । केहीले यसलाई ‘माफिया भाइब’को बताए । अर्का एक प्रयोगकर्ताले आफ्नो असन्तुष्टि व्यक्त गर्दै लेखेका छन्, ‘मेट गाला भव्यताको प्लेटफर्म हो र म शाहरुखको लुक उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेको थिएँ । तर उनको अद्भुत व्यक्तित्व बाहेक, अरू सबै कुरा नीरस थियो । विशेष गरी त्यो ‘के’ हार, जसले पूर्ण माफिया भाइब दिइरहेको थियो । शाहरुख रोमान्स र रोयल्टीका लागि परिचित छन्, डिजाइनमा यी दुवै कुराहरू हुनुपर्थ्यो,’ उनले लेखेका छन् ।
धेरै प्रयोगकर्ताहरूले सब्यसाचीको गहना छनौटमाथि प्रश्न उठाएका छन् । एक फ्यानले लेखे, ‘पूर्ण रूपमा निराश... शाहरुखको उपस्थितिले सबै कुरा बचायो !’ अर्का प्रयोगकर्ताले आक्रोश व्यक्त गर्दै कमेन्ट गरेका छन्, ‘सब्यसाचीले किन यति सस्तो देखिने गहना दिए ? माणि, मोती वा नीलम जस्ता विलासी गहना कहाँ गए ? अनि पहिरनको त झन् कुरै नगरौँ ।’
शाहरुख मेट गालामा गएको यो पहिलो पटक हो । सामाजिक सञ्जालमा उनका तस्बिरहरूमा मानिसहरूले निरन्तर टिप्पणी गरिरहेका छन् । कामको कुरा गर्ने हो भने शाहरुख चाँडै नै ‘किङ’ नामक फिल्ममा देखिँदै छन् । यस फिल्ममा उनीसँगै अभिषेक बच्चन र सुहाना खान पनि देखिनेछन् । यो फिल्म सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाटभटेनीबाट काजु लगायत २ लाख १७ हजार बढीको सामान चोर्ने व्यक्ति पक्राउ
-
भारतीय प्रहरीको गोली लागेर एक नेपाली घाइते, मोटरसाइकल चोरीको आरोप
-
एनआरएनए एकता महाधिवेशनसम्बन्धी रिपोर्ट परराष्ट्रमन्त्रीलाई हस्तान्तरण
-
अब प्रदीप नेपाल सम्झनामा मात्रै, पशुपतिमा अन्तिम बिदाइ (फोटोफिचर)
-
गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीको कारण आएको होइन : देउवा
-
आर्मी र गण्डकी राष्ट्रिय पुरूष हक्की प्रतियोगिताको फाइनलमा