नीति तथा कार्यक्रममा गर्न सकिने कुराहरू लेखिएको छ, यो सान्दर्भिक छ : प्रमुख सचेतक न्यौपाने
काठमाडौँ । नेकपा (एमाले) राष्ट्रिय सभा प्रमुख सचेतक भगवती न्यौपानेले सरकार ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकिने विषयहरू समेटेर ल्याइएको दाबी गरेकी छन् ।
मंगलबार बसेको राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै प्रमुख सचेतक न्यौपानेले नीति तथा कार्यक्रम विगतको भन्दा धेरै वैज्ञानिक र यथार्थ धरातलमा टेकेर ल्याइएको दाबी गरेकी हुन् ।
उनले नीति तथा कार्यक्रममा कार्यान्वयन नै गर्न नसकिने खालका लामो लामो कथा लेखेर ल्याउने विगतको परिपाटी रहेको बताउँदै अहिलेको नीति तथा कार्यक्रम सान्दर्भिक रहेको बताइन् ।
उनले भनिन्, “नीति तथा कार्यक्रम विगतको भन्दा धेरै वैज्ञानिक छ । यथार्थ धरातलमा टेकेर ल्याइएको छ । धेरै सान्दर्भिक छ । हामीले विगत देखिएको बहस गर्दै आइरहेका थियौँ, नीति तथा कार्यक्रम त्यस्तो ल्याउनुपर्छ, बजेट त्यस्तो ल्याउनुपर्छ सरकारले कार्यान्वयन नै गर्न नसकिने खालको ल्याउनुहुँदैन । लामो लामो कथा लेखेर ल्याउनुहुँदैन । निबन्ध लेखेर ल्याउनुहुँदैन । अनेक खालका शब्द जालहरू बुनेर ल्याउनुहुँदैन । वास्तविकता भन्दा फरक ढङ्गले प्रस्तुत गर्नुहुँदैन । हामीले विगतदेखि भन्दै आएको त्यही हो । कार्यान्वयन गर्न सकिने जति ल्याउनुपर्छ । अहिले जनताले बोलेका कुराहरू विश्वास नगर्ने कि भइराखेको छ, जे बोलिन्छ त्यो गरिन्छ भन्ने विश्वास सरकारको तर्फबाट दिलाउन जरुरी थियो र छ ।’
उनले थपिन्, ‘नीति तथा कार्यक्रम सरकारको आधिकारिक दस्ताबेज हो । जे लेखिएको छ त्यो कार्यान्वयन गर्न सकिन्छ भन्ने आधारमा अहिलेको सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । यो निबन्ध लेखिएको छैन, यहाँ विगतमा जस्तो अनेक फुर्का झुन्डाइएको छैन । यो सुन्दा खेरी कविता जस्तो सुनिने खालको छैन । यसमा अनेक प्रकारका शब्द जालहरू बुनिएका छैनन् । यो विगतको भन्दा सानो छ र गर्न सकिने कुरा लेखिएको छ ।”
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनतामा उत्साह ल्याएको समेत धारणा राखिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण