शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कान्समा डेब्यू गर्दै आलिया

मङ्गलबार, २३ वैशाख २०८२, १४ : ३४
मङ्गलबार, २३ वैशाख २०८२

नयाँ दिल्ली ।  बलिउड अभिनेत्री आलिया भट्टले यो वर्ष कान्स फिल्म फेस्टिभलमा डेब्यू गर्ने भएकी छन् ।  आलियाले लोरियल पेरिसको ब्रान्ड एम्बेसडरको रूपमा कान्समा डेब्यू गर्न लागेकी हुन् ।

 उनी लामो समयदेखि ब्रान्डको ब्राण्ड एम्बेसडर हुन् । उनी यहाँ ऐश्वर्या राय बच्चनसँग सामेल हुनेछिा् । कान्समा मे १३ देखि २४ सम्म फिल्म फेस्टिभल हुँदैछ । ‘पहिलो पटक सधैं विशेष हुन्छ र म यस वर्ष महोत्सवमा भाग लिन पाउँदा धेरै उत्साहित छु । यस वर्षको थिम लाइट्स, ब्युटी एण्ड एक्सनु सहित महोत्सवमा लोरियल पेरिसको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो,’ अभिनेत्रीले भनेकी छिन् । 

‘मेरो लागि सुन्दरता भनेको व्यक्तित्व, आत्मविश्वास र आत्म–मूल्य हो । यो असीमित छ, यो अद्वितीय छ । मलाई यस्तो ब्रान्डसँग जोडिन पाएकोमा गर्व छ जो हरेक महिलाको यात्राको उत्सव मनाउँछ अनि उनीहरूलाई आफ्नै प्रकाशमा चम्कने अवसर दिन्छ,’ अझ अगाडि आलियाले भनिन् । 

लोरियल पेरिसको रेड कार्पेटमा भारतीय प्रतिनिधिहरूबाहेक यसका अन्य साझेदारहरू इभा लोङ्गोरिया, भियोला डेभिस, जेन फोंडा, अजा नाओमी किङ, एन्डी म्याकडोवेल, सिमोन एश्ले, एले फ्यानिङ, बेबे भियो र येसुल्ट पनि सामेल हुनेछन् । 

कामको कुरा गर्ने हो भने आलिया भट्ट छिट्टै अल्फामा देखिनेछिन् । यसमा उनीसँगै शर्वरी वाघ पनि देखिनेछिन् ।  उनले सञ्जय लीला भन्सालीको  लभ एण्ड वारमा पनि काम गरिरहेकी छिन् । यो फिल्ममा आलियाका श्रीमान बलिउड अभिनेता रणवीर कपूर र विक्की कौशल पनि मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म २०२६ को मार्च २० मा सिल्भर स्क्रिनमा रिलिज हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप