रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैन : प्रमुख सचेतक शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजसंस्था जनमतमा गएर वा आन्दोलनबाट नभई छलकपटबाट फालिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शाहीले कसैको राजनीतिक आस्थामाथि प्रहार गर्नु राम्रो नहुने बताएका हुन् ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बाघको संज्ञा दिँदै रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्न नसक्ने टिप्पणी गरे । प्रमुख सचेतक शाहीले भने ‘कसैको राजनीतिक आस्थामाथि ठाउँ ठाउँमा प्रश्न भएको छ । अघि यहाँ एक जना माननीयज्यूले भन्नुभयो । बाघ होइन भन्नुभयो । बाघ बाघै हो । रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन ।’
उनले अहिलेका राजनीतिक दलहरूको जन्म विदेशमा भएको बताउँदै यसको प्रमाण राजदूत भइसकेका व्यक्तिको अभिव्यक्तिहरूबाट मिल्ने बताए । प्रमुख सचेतक शाहीले अहिलेको संविधान र व्यवस्था विदेशीहरूले ल्याइदिएको बताए ।
उनले भने, ‘तपाईँहरूको यो क्रान्ति केके भन्नुहुन्छ, कहाँबाट आयो भन्ने कुरा त स्पष्ट थाहा छ नि । हरेकको जन्म त विदेशमै भएको हो नि त । चाहे १२ बुँदेको कुरा गर्नुस्, चाहे नेताहरू लुक्ने कुरा गर्नुस्, यो मैले भनेको होइन । पूर्वराजदूतहरूले बोलेका स्टेटमेण्ट हेर्नुस् न । स्वयं भारतका तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले संसद्मा बोलेको तपाईँहरूले राजा कसरी फाल्नुभयो, विदेशीको आडमा स्पष्ट भन्नुभएको छ । यो संविधान र व्यवस्था त उनीहरूले ल्याइदिएको हो नि त । त्यसैले राष्ट्रवादी भनेको राष्ट्रवादी हुन्छ, बाघ बुढो भए पनि बाघै हो । बिरालोको रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन्छ त ? त्यसैले यो देशको इतिहास हो राजसंस्था । बाघ बाघै हो । रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन, राजा राजै हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण