शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भारतका प्रधानमन्त्री मोदीले भने– दिनहुँ २–३ किलो गाली खान्छु, तर त्यसले उल्टो पोषण दिन्छ

आइतबार, २७ कात्तिक २०७९, १७ : ५६
आइतबार, २७ कात्तिक २०७९

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार तेलंगानामा सम्बोधन गर्ने क्रममा त्यहाँको राज्य सरकारलाई कडा निशाना बनाए । साथै सोही सम्बोधनमा उनले दैनिक दुई–तीन किलो गाली खाने गरेको तर त्यसले पौष्टिक तत्वको काम गर्ने बताए । 

शनिबार हैदराबादको बेगमपेट एयरपोर्टमा भाजपा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘मानिसहरू मलाई सोध्ने गर्छन्, तपाई थाक्नु हुँदैन भनेर ? हिजो म बिहान दिल्लीमा थिएँ । त्यसपछि कर्नाटक, तमिलनाडु, आन्ध्र हुँदै अहिले तेलंगानामा छु । तिनलाई म भनिदिन्छु, म दिनहुँ दुई ढाई किलो गाली खान्छु र भगवानले मभित्र यस्तो क्षमता दिनु भएको छ कि ती सबै गालीहरू प्रशोधन भएर पोषणमा बदलिन्छ ।’

मोदीले तेलंगाना नेशनल कमिटी (टीआरएस) का नेता र मुख्यमन्त्री चन्द्रशेखर रावको नाम नलिई रावले डर र निराशाका कारण हरेक दिन आफूमाथि हमला गर्ने गरेको बताए । ‘उनीहरू मविरुद्ध विरुद्ध प्रयोग गर्न गालीको शब्दकोश प्रकाशित गर्छन् । म भाजपा कार्यकर्ताहरूलाई यस्ता बयानबाजीबाट दुखी नहुन वा नरिसाउन अनुरोध गर्दछु । बस आनन्द लिनुहोस् र आशाका साथ सुत्नुस् । अर्को दिन अन्धकार हट्नेछ र कमल फुल्नेछ,’ प्रधानमन्त्री मोदीले भने । 

प्रधानमन्त्री मोदीले उनको सम्बोधनमा परिवारवादको मुद्दा पनि उठाएका थिए । भाजपाले पहिलेदेखि टीआरएसलाई नातावादको आरोप लगाउदै आएको छ । ‘भ्रष्टाचार र परिवारवाद गरिबको सबैभन्दा ठूलो शत्रु हो, साथै यो विकासको सबैभन्दा ठूलो शत्रु हो । त्यसैले भाजपाले भ्रष्टाचार र परिवारवाद दुवैको विरुद्धमा निरन्तर अडान लिइरहेको छ । तेलंगानालाई अहिले परिवारवादको सट्टा विकास चाहिएको छ,’ मोदीले भने । 

उता टीआरएस विधायक र मुख्यमन्त्री चन्द्रशेखर रावकी छोरी कलवकुन्तला कविताले शनिबार पीएम मोदीलाई राज्यको लागि ठोस घोषणा नगरेको आरोप लगाइन् ।  ‘आज तेलंगाना आएका प्रधानमन्त्री मोदीले यस राज्यको विकासमा केन्द्रको के योगदान छ भनेर बताउन असफल भए । मुख्यमन्त्रीले विगत आठ वर्षदेखि यही प्रश्न गर्दै आएका छन्, केन्द्रले राज्यका लागि के गर्यो ?’ विधायक कविताले भनिन् । –हिन्दूस्तान टाइम्सबाट 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप