‘आरआरआर’ को सिक्वेल बन्ने
जुनियर एनटीआर र राम चरण स्टारर फिल्म ‘आरआरआर’ को सिक्वेल बन्ने भएको छ । विश्वव्यापी चर्चा कमाउन सफल फिल्मको सिक्वेल निर्णय निर्देशक एसएस राजामौलीले गरेका हुन् ।
राजमौलीले ‘आरआरआर २’ बन्ने सार्वजनिक गरेपनि फिल्मको विषयमा अन्य जानकारी दिएका छैनन् । राजामौली अहिले ओस्कर समारोहका लागि अमेरिकामा छन् । अमेरिकामा आरआरआरको प्रदर्शन कार्यक्रममा सहभागी भइरहेका छन् । यस अवसरमा उनलाई प्रश्न सोधिएको थियो ।
‘आरआरआर’ को सिक्वेल बनाउने सोचमा हुनुहुन्छ ? यसबारे उनले भनेकाछन्, ‘मेरा सबै फिल्मका लेखक मेरा बुबा हुन् । हामीले ‘आरआरआर २’ को बारेमा थोरै छलफल गरेका छौं र उनी अझै कथामा काम गरिरहेका छन् ।’
‘आरआरआर’ ले राम्रो व्यवसाय गरेपछि राजामौलीको जतिसक्दो चाँडो यसको सिक्वेल बनाउने सोच रहेको भारतीय मिडियाले जनाएका छन् । दर्शकको पनि रामचरण र जुनियर एनटीआरलाई फेरि एकसाथ पर्दामा हेर्ने चाहना छ । यस्तो अवस्थामा फिल्मको दोस्रो पार्ट बन्यो, भने फ्यानका लागि खुसीको विषय हुनेछ ।-दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत
-
रास्वपा महाधिवेशन : सभापतिदेखि मन्त्रीसम्मले गरे मतदान (तस्बिरहरू)
-
वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा २ खर्ब २१ अर्ब राजस्व सङ्कलन
-
उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन
-
शम्भुजितलाई दीर्घ साधना, उन्नतिदेखि शिवसम्मलाई सम्मान दिइने
-
कास्कीका पालिकाको बजेट : दबाबमा पोखरा, अरूको पैसा खर्च हुन सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण