रवि लामिछानेको प्रचारमा हिँडेको गाडी कसले फुटायो ?
चितवन–२ बाट प्रतिनिधिसभाका उम्मेदवार रवि लामिछानेको प्रचारमा प्रयोग गरिएको गाडी आइतबार तोडफोड भएको छ । इच्छाकामना गाउँपालिका–४ लेवाटार स्थित मुग्लिङ सडक खण्डमा बा. १४ च ७६८४ नम्बरको गाडी तोडफोड भयो । गाडीमा लामिछाने थिएनन् तर, प्रचार टोलीसँगै उनी पनि जाँदै थिए ।
लेवाटारमा सत्ताधारी गठबन्धनको कार्यक्रम हुँदै थियो । कार्यक्रमबाट निस्केका एकजना युवाले लामिछानेको प्रचारमा हिँडेको गाडी रोकेर तोडफोड गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले घटनाबारे बुझेर जानकारी दिने बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘गठबन्धनका कार्यकर्ताले भन्ने कुरा आएको छ, बुझेर खबर गर्छु ।’
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार गाडी फुटाउने गठबन्धनका एकजना कार्यकर्ताको पहिचान खुलेको छ । तर, प्रहरीले आरोपीलाई पक्राउ गरेको छैन । मध्यान्ह गाडी तोडफोडबारे ‘बुझ्ने काम भइरहेको’ बताएका चितवनका एसपी नवराज अधिकारी सम्पर्कमा आउन चाहेनन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने चितवन–२ बाट चुनावी प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
-
ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा
-
डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
असन्तुष्ट छ रास्वपाभित्रको मधेस
-
ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण