नयाँ लाइसेन्स वितरण प्रक्रिया : निर्णयको सक्कल फाइल पेश गर्न आदेश
सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डले नयाँ लाइसेन्स वितरण सम्बन्धमा गरेको निर्णयको सक्कल फाइल पेश गर्न आदेश दिएको छ । नयाँ लाइसेन्स वितरणविरुद्ध परेको रिटमाथि मंगलवार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुँयालको संयुक्त इजलाशले सुनुवाइ गर्दै नयाँ लाइसेन्स वितरणका लागि बोर्डले गरेको निर्णयको सक्कल फाइल पेश गर्न आदेश दिएको हो ।
पूँजीबजारको थप विकास र विस्तारका लागि भन्दै बोर्डले असोज २ गते एक सूचना जारी गरी एक स्टक एक्सचेञ्ज, दुई कमोडिटी एक्सचेञ्ज र संख्या नतोकी ब्रोकर लाइसेन्सका लागि आवेदन माग गरेको थियो । नयाँ लाइसेन्स वितरण प्रक्रियाविरुद्ध अधिवक्ता दीपकविक्रम मिश्रले असोज ३१ गते सर्वोच्चमा रीट दायर गरेका थिए । मिश्रको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कात्तिक ४ गते सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले लाइसेन्स वितरणको प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन आदेश दिएको थियो । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० हजार विद्युत् मिटर सातै प्रदेशमा पठाइयो, नयाँ मिटरका लागि निवेदन दिन आग्रह
-
स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु
-
पशुपति दर्शन गर्न आउने दर्शनार्थी र यात्रु लुट्ने दुई जना भारतीय नागरिक पक्राउ
-
कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा
-
मुहर्रम पर्वका बेला नक्कली हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ
-
दोस्रो संस्करणको इन्डियन एम्बासेडर्स क्रिकेट सफलतापूर्वक सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण