मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
अपडेट

कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा

मङ्गलबार, १६ असार २०८३, २१ : १८
मङ्गलबार, १६ असार २०८३

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कवाडी बोकेका १० वटा ट्रक नियन्त्रणमा लिएको छ। 

आवश्यक कागजपत्र बिना कवाडी लोड गरेर उपत्यका बाहिर जान लागेका ती ट्रकलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

आवश्यक कागजपत्र बिना ठुलो मात्रामा कवाडी सामान बोकेर उपत्यका बाहिर जान लागेको भन्ने गोप्य सूचनाका आधारमा रिङरोडबाट सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्टले  नियन्त्रणमा लिएको उनले बताए ।

सशस्त्रले नियन्त्रणमा लिएका ट्रकमा प्र२-०३-००१ख ४७३८ , लु२ ख ५१०५, प्र२-०३-००१ख५६१९, ना ५ ख ६६७१ , ना ८ ख ६२५३, ना ७ ख ९९८, ना ६ ख ९४९७ , ग २ ख ५३९ र ना ६ ख ५६१ नम्बरका रहेका छन् । यस्तै बा. प्र. ०३.००१ ख २०५० नम्बरको ट्रक पनि नियन्त्रणमा लिइएको थापाले बताए । 

ती ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन लैजाने क्रममा रहेको उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप