भारतलाई जी ट्वान्टी अध्यक्षता हस्तान्तरण

समूह बीसका नामले परिचित विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वान्टी सत्रौँ शिखर सम्मेलनले समूहको अध्यक्षता भारतलाई हस्तान्तरण गरेको छ ।
समूहका अध्यक्ष एवम् इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आज यहाँ शिखर बैठक समापन समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई औपचारिक रूपमा समूहको अध्यक्षता हस्तान्तरण गरेका हुन् । जी ट्वान्टीको अध्यक्षता सम्हाल्नु भारत र हरेक भारतीय नागरिकका निम्ति गर्वको विषय भएको बताउँदै अठारौँ शिखर सम्मेलन भारतका विभिन्न शहरमा आयोजना गरिने तथा समूहलाई परिवर्तनको संवाहक बनाउन उत्प्रेरक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समूहको अध्यक्षता पाएको भारतले त्यसलाई समावेशी, महात्वाकांक्षी, निर्णायक एवम् कार्यउन्मुख बनाउने दृढता उनले व्यक्त गरे। त्यसअघि उनले ‘डिजिटल’ रुपान्तरणबारे मन्तव्य व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय शिक्षा ऐन गोजीमा हालेर घर फर्किनुभयो ?
-
निरन्तर घट्दै निक्षेपको ब्याजदर, कुन खातामा कति पाइन्छ ?
-
इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्याण्डरलाई रिहा गर्दै हमास
-
उपाधि डीएभी सुशील केडियाको पोल्टामा, फाइनलमा गेटवेलाई हरायो
-
भारतीय सेयर बजारमा उछाल
-
शिक्षक नेतालाई प्रश्न– विद्यालय शिक्षा ऐन गोजीमा हालेर घर फर्किनुभयो ? (भिडियोसहित)