बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

डेरी उद्योगहरुकोे प्रतिस्पर्धात्मक अवस्था र इनोभेसनका विषयमा अन्तरक्रिया

बिहीबार, १३ पुस २०७४, १५ : १७
बिहीबार, १३ पुस २०७४

 
काठमाडौँ । नेपाल एग्रीविजिनेश इनोभेसन सेन्टरले डेरी उद्योगहरुकोे प्रतिस्पर्धात्मक अवस्था तथा इनोभेसनका अवसरहरु विषयमा सरोकारवालाहरु विच अन्तरक्रिया गरेको  छ । 

कार्यक्रममा खाद्य प्राविधिक तथा डेरी विज्ञ डा. सोम खनालले नेपालको डेरी उद्योगको वर्तमान अवस्था तथा यसका चुनौतीहरु एवम अवसरहरु सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । 

डा. खनालले डेरी क्षेत्रमा गर्न सकिने इनोभेसन तथा उत्पादकत्व वृद्धि गरि लागत कम गर्न सकिने विविध विधिहरुमा जानकारी गराए । डेरी व्यवसायीहरु पनि संलग्न अन्तक्रियामा व्यवसायीहरुले दुधको पाश्चराइजेसन प्रक्रियाका विषयमा जिज्ञासा राखेका थिए । 

अन्तक्र्रियामा कृषि मन्त्रालय अन्तर्गत संचालित कृषि तथा व्यापार आयोजनाका परियोजनाका निर्देशक डा. गोविन्द प्रसाद शर्मा, नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघका अध्यक्ष जिवन प्रभा लामा, डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारी र नेपाल एग्रीविजिनेस इनोभेसन सेन्टरका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भुषण शाहले आफ्नो भनाई राखे ।

कृषि तथा पशुपालनका क्षेत्रमा व्यवसायीक सुझाव, व्यवस्थापन परामर्श,बजारमा पहँुचका लागि नेबिकले सहजीकरण गर्ने जनाएको छ । साथै संस्थाले उत्पादकहरुलाई वित्त, लगानीमा सहजीकरण सहयोग गर्ने जनाएको छ ।

राजधानीमा  आयोजित कार्यक्रमको सह–आयोजना डेरी उद्योग संघ र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघले गरेका थिए ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप