पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि यान्त्रिक उडान
निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि यान्त्रिक उडान सुरु हुने भएको छ । करिब एक सातासम्म हुने यान्त्रिक उडानका लागि थाइल्यान्डको एरो–नटिकल रेडियो अफ थाइल्यान्ड (एरोथाई)को जहाज पोखरा पुगिसकेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सोमबारदेखि परीक्षण उडान थाल्ने एरोथाईको टोलीले सात दिन पोखराको आकाशमा उडेर त्यहाँ जडान भएका उडानसम्बन्धी उपकरण तथा प्रविधिको जाँच गर्नेछ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले पुस १७ गतेदेखि नियमित उडान सुरु गर्ने लक्ष्य लिएको यो विमानस्थलमा सोमबारदेखि नियमित र यान्त्रिक उडान हुने बताए । उनले भने, ‘सोमबार बिहान १० बजेसम्म पोखरा विमानस्थलमा नियमित उडान हुनेछन् भने १० बजेदखि १ बजेसम्म र २ः३० देखि बेलुका ५ बजेसम्म परीक्षण उडान हुनेछ ।”एरोथाईको टोलीले दैनिक पाँच घण्टा विमानस्थलमा जडान भएका नेभिगेसन (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान)ले काम गरे नगरेको परीक्षण गर्ने उनले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत
-
कांग्रेस विवाद : महामन्त्री घिमिरेले भेटे खड्का र सिटौला
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
-
परराष्ट्रमन्त्री खनाल र रूसी महासङ्घका राजदूतबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण