निगमको उडान कटौती गरेर भारतीयलाई अनुमति
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौँ–दिल्ली उडान तालिका कटौती गरेर भारतीय हवाई कम्पनीलाई दिएको छ । निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न आनाकानी गरेपछि प्राधिकरणले काठमाडौँ–दिल्ली उडान कटौती गरेको थियो ।
निगमको मुुख्य आम्दानी हुने सेक्टरमध्येको रुट दिल्लीमा उडान कटौती भएपछि भारतीय हवाई कम्पनी भिस्तरा एयरले थप उडान अनुमति पाएको छ ।यसअघि दिल्ली–काठमाडौँ दैनिक एक उडान भर्दै आएको भिस्तरा एयरलाई प्राधिकरणले आउने बुधबारदेखि दैनिक दुई उडानको अनुमति दिएको हो । हाल काठमाडौँ–दिल्ली हरेक दिन बेलुका पाँच बजे उडान गर्दै आएको भिस्तरा एयरले बुधबारदेखि बिहानसमेत उडान गर्न लागेको प्राधिकरण स्रोतले जनाएको छ । प्राधिकरणले यसअघि नै दिल्ली–काठमाडौँ उडान गर्दै आएको इन्डिगो एयरको पनि दैनिक एक उडान थप गरिसकेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत
-
कांग्रेस विवाद : महामन्त्री घिमिरेले भेटे खड्का र सिटौला
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
-
परराष्ट्रमन्त्री खनाल र रूसी महासङ्घका राजदूतबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण