मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

प्रदीप ज्ञवालीका प्रतिस्पर्धी चन्द्र भण्डारीले गरे मतदान

आइतबार, ०४ मङ्सिर २०७९, ०७ : ४०
आइतबार, ०४ मङ्सिर २०७९

गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार चन्द्र भण्डारीले मतदान गरेका छन् ।  हुँगास्थित जनजाग्रितमाथि मतदान केन्द्रवाट उनले मतदान गरेका हुन् । 
उनी एमाले नेता प्रदीप ज्ञवालीसँग प्रतिस्पर्धामा छन् ।

देशभर आइतबार सुरु भएको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ  । 

बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म जारी रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप