नागरिक उडड्यनमन्त्री श्रेष्ठले स्वयम्भूबाट गरे मतदान

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री तथा काठमाडौँ क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले स्वयम्भू स्थित भुईखेल मतदान केन्द्र क बाट मतदान गरेका छन्।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव समेत रहेका श्रेष्ठले बिहान ८ बजेतिर मतदान गरेका हुन। उनीसँगै प्रदेशसभा ख का उम्मेदवार अमिन पाण्डेले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका छन्। यो निर्वाचन क्षेत्रबाट १९ जना उम्मेदवार छन्।
जितेको खण्डमा संसदलाई जनमुखी बनाउने कार्यमा प्राथमिकतामा राख्ने बताए। विगतमा आफूले गरेको कामका आधारमा यो क्षेत्रका मतदाताले आफूलाई जिताउनेमा विश्वस्त रहेको बताए। कोरोना महामारीको समयमा आफूले जनताको पक्षमा गरेको कामका आधारमा मतदाताले आफूलाई यो पटक पनि संसद्मा देख्न चाहिरहेको बताए।
यो चुनावपछि पनि गठबन्धनकै सरकार गठन हुने र जनताको पक्षमा अझै प्रभावकारी काम गर्दै अगाडि बढ्ने बताए।
काठमाडौं क्षेत्र नम्बर ८ बाट लोकतान्त्रिक बाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उमेदवारमा श्रेष्ठ र प्रदेस (क) बाट नेपाली कांग्रेसका राजु राज जोशी र (ख) बाट अमीन पाण्डे उम्मेदवार छन ।
नेकपा एमालेको तर्फबाट शिवसुन्दर राजवैध चुनावी प्रतिस्पर्धाका छन। भने प्रदेशसभातर्फ (क) बाट राजु शाक्य र (ख) बाट निमा घ्याम्छो तामाङ उम्मेदवार बनेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिसा मृत्युबारे सत्य तथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन
-
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग, नभए सरकार छाड्ने नाउपाको चेतावनी
-
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु
-
चार वटा व्यापारिक फर्मलाई ६ लाख २५ हजार रुपैयाँ जरिवाना
-
किट घटनाको सत्य तथ्य खोजी गर्न माओवादीको माग
-
चीनमा डुङ्गा पल्टिँदा ९ जनाको मृत्यु, एक जना अझै बेपत्ता